काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन भएका छन् ।
बारा ९२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव सर्वसम्मत रुपमा दलको नेता निर्विरोध चयन भएका जसपाको एक नेताले जानकारी दिए ।
दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो । तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा निर्विरोध चयन गरिएको हो ।
रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् ।
जसपाका १२ जना सांसद छन् ।
प्रतिक्रिया