काठमाडौँ – नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई काँग्रेसीहरुले सामान्य रुपमा लिन नमिल्ने बताएका छन् । बुधवार काँग्रेस संस्थनापन इतरपक्षहरुको भेटघाटका क्रममा सहमहामन्त्री परियारले काँग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको बताए ।
उनले राजनीतिक रुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरंगित बनाएको बताए ।
उनले केन्द्रिय कार्यसमितिको बैठकमा यसको समीक्षा हुन जरुरी रहेको बताए । कार्यसमितिको बैठकमा काँग्रेसका पार्टीले देशभरका जनताको भरोसालाई निराशामा पैदा गरेको बारेमा पनि छलफल हुने बताए ।
प्रतिक्रिया