काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न एक्लै खुमलटार पुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।
ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे पहल भइरहेको छ ।
त्यसै अनुरुप प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष नेपालसँग वार्ता गरेका थिए । प्रचण्डसँगको भेटपछि नेपाल ओलीसँग भेट्न तयार भएको जनाइएको छ ।
प्रतिक्रिया