देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनसेल वुमन आइकन आईसीटी अवार्ड शिला कंसाकार कार्कीलाई

देशान्तर

काठमाडौँ – यो वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।

गएको शुक्रवार काठमाण्डौको द सोल्टी होटलमा आयोजना भएको इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसीटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रुपैयाँ नगद प्रदान गरेको थियो ।

कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकरदास वैरागी, काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्तरूपमा हस्तान्तरण गरेका थिए । विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा पनि प्रदान गरेको थियो ।

एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाको योगदानलाई सम्मान र उत्प्रेरित गर्न ुवुमन आइकन आईसीटी अवार्डु प्रदान गर्दै आएको छ । गएको वर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले यो पुरस्कार पाएका थिए ।

महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरूप एनसेलले आईसीटी अवार्डमा आबद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ ।

शिला कंसाकार कार्की नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो । नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी उनी नेपाल प्रहरीकी पूर्वडीआईजीसमेत छन् । सिस्टम एनालिस्टु को रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सुरु गर्नुभएकी कार्की आईसीटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला छन् ।

२८ वर्ष प्रहरी सेवामा बिताएकी कार्की सूचना प्रविधिमा महिलालाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन छन् । सूचना प्रविधिका विभिन्न सङ्घ–संस्थामा क्रियाशील उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका छन् ।