काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ ।
नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्ने क्रममा बानेश्वर पुगेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्दै तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने बताएका हुन् ।
राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन् ।
प्रतिक्रिया