देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीमा प्रचण्डको प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने ७ दलको प्रस्ताव राष्ट्रपति कार्यालय शितल निवासमा दर्ता भएको छ । राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले १६६ जनाको हस्ताक्षरसहित प्रस्ताव दर्ता भएको जानकारी दिए ।

उनले दलका नेताहरू राष्ट्रपति भवन आउने क्रम चलिरहेको बताए । प्रधानमन्त्रीको शपथ आइतबारै हुने सम्भावना कम रहेको उनको भनाई छ । ‘आजै शपथ हुन्छ जस्तो मलाई लाग्दैन, केही तयारी गर्नुपर्ला, त्यसैले भोलि हुन सक्छ’, ढकालले भने ।

नेकपा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबेदारी पेस गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा अपराह्न ५ बजे सकिँदैछ । समयसीमा सकिनुअगावै सहमति गरेर ७ दलले प्रस्ताव पेश गरेका हुन् ।