काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि राष्ट्रपतिको विषयमा छलफल हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुने सहमति बारे सुनाउँदै ’राष्ट्रपति पदको बारेमा सरकार गठनपछि छलफल गरेर सहमति गरिन्छ,’ उनले भने ।
महासचिव पोखरेलले भने, ‘अहिले एजेण्डामा आधारित सरकार गठनको सहमति गरेका हौं । सरकार बनेपछि अन्य विषयमा छलफल हुन्छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको ७ दलको बैठकले नयाँ सत्ता समीकरण निर्माण गर्ने निर्णय गरेको हो । नयाँ गठबन्धनमा एमाले र माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।
प्रतिक्रिया