काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । ओली निवास बालकोटमा नयाँ समीकरणका लागि प्रयास भइरहँदा देउवाले फोन गरेर सहकार्यको प्रस्ताव गरेका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ गठबन्धन तोडेर बालकोट पुगेपछि देउवाले ओलीलाई फोन गरेर ’धेरै पार्टीमा पदहरू बाँड्नुपर्छ, कांग्रेस र एमाले मिलौं भनेका हुन् ।
पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने भन्नेमा सहमति नजुटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ गठबन्धन तोडेर बालकोट पुगेका छन् । बालकोटमा प्रधामन्त्री प्रचण्डलाई बनाएर नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।
प्रतिक्रिया