काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबको प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको छ ।
बैठकबारे प्रतिक्रिया दिँदै एमाले नेता विष्णु रिमालले सहमति सकारात्मकउन्मुख भएको बताए । बालकोटमा एमाले, माओवादी, राराष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टीका शीर्ष नेताहरूको बैठक बसेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले प्रचण्डलाई दलहरूले प्रधानमन्त्री बनाउने सहमति गरेकोबारे खबर आएको बताए । ‘उहाँहरूले खबर पठाउनै परेन, दाबी छ भने उहाँहरूले प्रस्ताव नै लिएर आउनुहोला । आइतबार अपरान्ह ५ बजेसम्म पनि आउनुभएन भने राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलबाट प्रधानमन्त्री बनाउनुहोला।’
प्रतिक्रिया