देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धन जोगाउनु अहिलेको आवश्यकता : मन्त्री कार्की

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हो । सरकारका प्रवक्ता समेत रहेका नेता कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर छलफल गरिरहेको बताएका हो ।

गठबन्धनबाट पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुट्न नसकिरहेका बेला नेता कार्कीले भने सबै विषय अन्तिम घडीमा टुंगो लाग्ने दावी गरेका छन् ।