काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हतारमा निर्णय नगर्न सत्ता गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटेको घोषणा गरेपछि सामाजिक संजालमा लेख्दै उनले आलोचना बीच गठबन्धन गर्ने तर अपेक्षाको बिचमा जोगाउन नसक्ने अवस्था आउन दिन नहुने बताएका हुन् ।
उनले विकल्पहरूको विकल्पमा जुट्नुको विकल्प नभएको बताएका छन् । ‘हठ, हतारो र आवेगमा कुनै निर्णय नगरौँ ! आलोचनाबीच गठबन्धन गर्ने, तर अपेक्षाको बिचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न । समयले अभिभावकत्व खोजेको छ । यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प छैन !’ महामन्त्री शर्माले भनेका छन् ।
प्रतिक्रिया