देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

देशान्तर

काठमाडौं – सत्तारूढ गठबन्धनको बैठक बिना निष्कष सकिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री दाबी नछोड्दा गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । नयाँ सरकार गठनका लागि बसेको उक्त बैठक बिना निष्कर्ष सकिएको हो ।

बैठकस्थलबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एसका सम्मानित नेता झलनाथ खनाल बाहिरिसकेका छन् ।

बैठक स्थलबाट बाहिरिएका प्रचण्ड एमाले अध्यक्ष ओली भेट्न बालकोट प्रस्थान गरेका छन् । साथै एमालेका दोस्रो तहका नेताहरूसँग माओवादी केन्द्रका महासचिव देव गुरुङ, वर्षमान पुनसहितका नेताहरुले छलफल गरिरहेका छन् ।