देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल टी–२० लिग: लुम्बिनीको लगातार दोस्रो जित

देशान्तर

काठमाडौं – पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । आइतबार टियु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले बिराटनगरलाई २ रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पाएको बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्र बनायो । बिराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए ।

यस्तै रोहित कुमार पौडेलले २५ रन, सिकन्दर राजा १७ रन र अर्जुन साउद १० रनमा आउट भए । पृथु बास्कोटाले १८ रन बनाए ।
यता लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए । सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिहं ऐरी र प्याट ब्रोनले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले सानदार ब्याटिङ गरे ।

उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८० रनको अर्धशतकीय इनिङ खेले । उनको यो लिगमा लगातार दोस्रो अर्धशतक हो । यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिहं ऐरीले १६ रन बनाए । बिपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए ।

यता बिराटनगरका लागि नन्दन यादव,हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १/१ विकेट लिए ।
दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । हारसँगै पहिलो खेल खेलेको विराटनगर अंक बिहिन रहेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।