देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसद गुरुङ र कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने

देशान्तर

काठमाडौं –  नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।

सांसदद्धय गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन आग्रह गर्दै प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आग्रह गरेको भन्दै संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसदीय गतिविधिमा संलग्न हुन रोक लगाइएको जानकारी दिए ।

एमाले सांसद कोइरीविरुद्ध हत्या आरोपको मुद्दा अदालतमा विचारधीन छ । गुरुङविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर मुद्दा विचाराधीन छ ।