काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई अझ बलियो बनाउनुपर्ने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत महामन्त्री शर्माले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि साथमा लिएर सरकार बनाउनुपर्ने धारणा राखेका हुन् ।
‘एक्लो बहुमत’ बसैको पनि नरहेको उल्लेख गर्दै पाँच वर्ष सरकार टिकाउन रास्वपालाई लिएर सरकार निर्माण गर्नुपर्ने उनको भनाई छ । उनले सत्ता गठबन्धनका दलबीच नेपाली कांग्रेस २ वर्ष, माओवादी २ वर्ष र नेकपा एकीकृत समाजवादी १ वर्ष प्रधानमन्त्री हुने गरी गरेको समझदारीको समर्थन गरेका छन् ।
‘हामी कसैसँग बहुमत छैन। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ । त्यसैले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गरौँ,’ शर्माले भनेका छन्, ‘२/२/१ मा परिपक्वता छ । तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ । गठबन्धन टुट्नुहुन्न । रास्वपा गाँसेर जानु तर्कपुर्ण छ ।’
१) गठबन्धन टुट्नु हुन्न
२) `रास्वपा´ गाँसेर जानु तर्कपुर्ण
३) संसद ५ बर्ष टिकाउन साझा अपनत्व
४) लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र
५) रुपान्तरण अनुभुती हुने सुशासनको सूत्रबद्ध योजना
६) सत्तामा अनुभवी र नयाँको संयोजन
७) राज्यको डेलिभरी क्षमता वृद्धिमा टिम स्पीरिट— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 25, 2022
प्रतिक्रिया