काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा हुन कठिन हुने बताएका छन् ।
प्रधानमन्त्रीका हुनका लागि प्रचण्डले अहिले अधिकतम प्रयास गरिरहेका बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
शनिबार एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको एक कार्यक्रममा उनले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको बताए । प्रचण्डले प्रधानमन्त्री हुने इच्छा व्यक्त गरिरहेको तर त्यो सम्भावनालाई समयले नै समाप्त पारिदिएको ओलीको भनाइ छ ।
उनले अरूले पनि समयमा कदम नचाले देश मध्यावधि निर्वाचनतर्फ धकेलिन सक्ने सम्भावना समेत औँल्याए ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनमा आबद्ध दलहरूबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहो¥याए । उनले एमालेलाई सिध्याउँछु भन्ने तत्त्वहरू आफैँ समाप्त भएको जिकिर गरे ।
प्रतिक्रिया