काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरुले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गर्न लागिपरेको बताए । सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर गराउने अभियान चलाइएको उनको आरोप छ ।
नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीका संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए ।
प्रतिक्रिया