काठमाडौँ – बगबंन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा पनि हार व्यहोरेको छ । ढाकामा शुक्रबार भएको खेलमा श्रीलंकासँग पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
नेपाललाई श्रीलंकाले ३–० को सोझो सेटमा हराएको हो । नेपालमाथि श्रीलंकाले २६–२४,२५–१८ र २५–१७ को सेटमा जित निकालेको हो । यसअघि, बिहीवार भएको पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा हराएको थियो । यस हारसँगै नेपालको उपाधि यात्रा समाप्त भएको छ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ । अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिवार किर्गिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया