काठमाडौँ – कर्णाली प्रदेशका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो ।
दलको नेतामा दाबी गरिरहेका राजीवविक्रम शाहले दाबी छाडेपछि शाही सर्वसम्मत भएका हुन् ।
शाह नै शाहीको प्रस्तावकमा बसेकी थिइन् भने जानकी सिंह समर्थकमा रहेकी थिइन् । कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका शाहि मंसिर ४ को निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया