देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल टी–२० लिग विजेताले ५५ लाख पाउने

देशान्तर

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेटको विजेताले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् ।

पटक पटक सर्दै आएको प्रतियोगिता भोलि शनिबारदेखि कन्फर्म सुरुहुने भन्दै क्यानले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीका साथ साथै पुरस्कारको विषयमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा नेपाल टी–२० लिगका निर्देशक जतिन अग्रवालले प्रतियोगिताबारे जानकारी गराउँदै पहिलोदेखि चौथो स्थानमा रहने टिमले प्राप्त गर्ने पुरस्कार राशीको विषयमा बताएका थिए ।

यसैगरी लिगका ३४ वटा म्याचका ‘प्लेयर अफ दी म्याच’ले पनि नगद प्राप्त गर्ने छन् प्लेयर अफ द सिरिज, वेस्ट बलर र बेस्ट ब्याटरका साथै इमर्जिङ प्लेयरले पनि पाउने छन् ।

पहिलो हुने टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ ।

यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।

प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् ।

युसैगरी इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।

नेपाल टी २० लिग भोलिदेख त्रिवि क्रिकेट मैदानमा हुने छ र पहिलो संस्करणमा ६ टिमले सहभागिता जनाएका छन् ।

उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं नाइट भिड्ने भएका छन् भने भोलि नै हुने अर्को खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेड आमने सामने हुने छन् ।

प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड रहेका छन् ।