काठमाडौँ – बगबंन्धु एसियन यू–२३ सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले शुक्रबार श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेपछि शुरु हुनेछ ।
नेपाल पहिलो जितको योजनामा रहेको छ । श्रीलंका पनि पहिलो जितकै योजनामा रहेको छ ।
बिहीबार भएको पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा हराएको थियो । श्रीलंका पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो ।
च्याम्पियनसिपम आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ । नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार किर्गिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया