काठमाडौँ – नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि यही पुस १३ गते हेटौंडामा चुनाव गर्ने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता छान्न पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा चुनाव गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मंसिर ४ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ बागमती प्रदेश सभामा निर्वाचित २५ जना र समानुपातिक तर्फ निर्वाचित १२ जना गरी ३७ जनाले मतदान गर्नेछन् ।
संसदीय दलको नेता बन्न अहिलेसम्म बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामा दाबेदार रहेका छन् ।
प्रतिक्रिया