काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरूले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् ।
शपथ समारोहमा पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए ।
प्रतिक्रिया