काठमाडौँ – संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताएका छन् । प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्नेगरी कानुनमा व्यवस्था भएकाले सोहीअनुसार संसद् सचिवालयले एजेण्डा अघि बढाउने बताए ।
उनले संसद् भवनमा बिहीबार १ बजेका लागि नवनिर्वाचित सांसदहरूको शपथग्रहण हुने बताए । उनले बानेश्वरको आइसीसी हलमा सांसदहरूको शपथग्रहण ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गराउने बताए । उनले मातृ भाषामा शपथग्रहण गर्न चाहने सांसदले पूर्व सूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए ।
प्रवक्ता पाण्डेले शपथग्रहणपछि संसद्मा सहभागी राजनीतिक दलले संसदीय गतिविधि औपचारिक रुपमा अगाडि बढाउन सक्ने पनि बताए ।
प्रतिक्रिया