काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ ।
आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउन भनेको हो । आयोगका अनुसार खर्च विवरण समयमा नबुझाएमा कानुन बमोजिम कारबाही गरिने छ ।
गत मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भएको थियो ।
प्रतिक्रिया