देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसदहरूको शपथग्रहण अघि सर्वदलीय बैठक

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहणभन्दा पहिले नै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ । बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको हो ।

संसद् सचिवालयका अनुसार १२ राजनीतिक दलबाट १–१ जना र ५ स्वतन्त्र सांसदहरूलाई सर्वदलीय बैठकमा बोलाइएको छ ।

उक्त बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ गरिनेछ । शपथ कसरी लिने, सांसदहरूलाई दिइने सुविधा लगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।

उक्त बैठकमा सांसदहरूलाई सकेसम्म राष्ट्रिय पोसाकमा आउन या आफ्नो मौलिक संस्कृति झल्किने पोसाक लगाएर उपस्थित हुन आग्रह गरिने पनि बताइएको छ ।