देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको छः प्रवक्ता महत

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको बताएका छन् । मंगलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका महतले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए ।

कुनैपनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको भन्दै देशले खोजेको नेतृत्व काँग्रेसले प्रश्तुत गर्ने बताए ।

उनले अन्य दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यक्ता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको बताए ।