काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अंकले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अंकले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।
मंगलबारको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता शेयर रु ९३ करोड आठ लाख ३९ हजार ९ सय एक मूल्यमा खरिद बिक्री भएका छन् । मंगलबारको कारोबारमा आधीखोला लघुवित्त, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सेयर मूल्य आँधिखोला लघुवित्तको बढेको छ । कारोबारको आधारमा नेपाल टेलिकम अगाडि रहेको छ ।
प्रतिक्रिया