देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावपछि मुलुकलाई उद्देश्यबिहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको छ : महासचिव पोखरेल

देशान्तर

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यबिहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताएका छन् ।

मंगलवार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हो । उनले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताए ।

तत्कालनि अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने बताए । उनले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै शंकटमा पर्ने खालका गतिविधिहरु भइरहेको बताए ।

महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा शुरु भएका अस्थिरताका खेलहरुले नेकपा एमालेले अघि सारेका मान्यताहरु सही साबित गरिदिएको बताए । उनले राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रुपमा स्थापितभइरहेको पनि बताएका छन् ।

महासचिव पोखरेलले सबै दलहरु मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरेपनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताएका छन्।