काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले पुस्तान्तरणसहित पार्टी रुपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा महामन्त्री गगन थापालाई प्रस्ताव गर्ने प्रष्ट पारेका छन् ।
मंगलबार आफू पक्षीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले १४ औँ महाधिवेशनको भावनाअनुसार आफूले यस्तो निर्णय लिएको बताए । ‘पुस्तान्तरण र रुपान्तरणसहित १४औँ महाधिवेशन सम्पन्न गरेका हौँ । त्यही भावनालाई मानेर उहाँ (गगन) लाई प्रस्ताव गरेको छु । तपाईंहरूले पनि समर्थन गर्नुहोला’, भेलामा कोइरालाले भने ।
प्रतिक्रिया