फुटबल तथ्याङ्कहरू विश्लेषण गर्ने वेबसाइट ओप्टाले सोमबार फिफाको टोली अफ द टुर्नामेन्ट सार्वजनिक गरेको छ।
यसमा पोर्चुगलका रोनाल्डो र ब्राजिलका नेयमारले स्थान बनाउन सकेनन् ।
जबकि मेस्सी र एम्बाप्पे टोलीमा समावेश भएका छन्।
ओप्टाले विश्लेषणका आधारमा ११ खेलाडी छनोट गरेको छ ।
जसमा प्रत्येक पोजिसनका आधारमा प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई लिइएको छ ।
क्रोएसियाका डोमिनिक लिभकोभिक उत्कृष्ट गोलकिपर चुनिए ।
४ जना डिफेन्डरहरुमा मोरक्कोका अशरफ हाकिमी ब्राजिलका सेन्ट्रल डिफेन्डर मारक्विनहोस, क्रोएसियाका स्टार डिफेन्डर गार्डियोल र फ्रान्सका लेफ्ट ब्याक डिफेन्डर थियो हर्नान्डेज समावेश भएका छन् ।
यस्तै, ३ जना मिडफिल्डरमा पोर्चुगलका ब्रुनो फर्नान्डेज फ्रान्सका चौमेनी र फ्रान्सका एन्टोइन ग्रिजम्यान रहेका छन् ।
यसैगरी ३ जना फरवार्डमा विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, फाइनलमा ह्याट्रिक गरेका र गोल्डेन बुट समेत जितेका फ्रान्सका केलियन एम्बाप्पे र अर्जेन्टिनाका जुलियन अल्भारेज परेका छन् ।
आइतबार भएको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको थियो ।
निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सूटआउटमा नतिजा निकालिएको थियो ।
प्रतिक्रिया