काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा सुन ६ सय रुपैयाँले बढेको हो ।
सुनको मूल्य आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । शुक्रबार तोलामा सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ थियो ।
यस्तै, चाँदी तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आइतबार तोलामा एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया