काठमाडौँ – ताइवानको पूर्वी तटमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । बिहीबार मध्यान्हको भुकम्पपछि धेरै पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ ।
ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा गहिराइमा केन्द्रविन्दु भएर भुकम्प गएको भिागले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५ दशमलव ९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् । एजेन्सी
प्रतिक्रिया