देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने

देशान्तर

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको लोकलाइजर परीक्षणका लागि बिहीबार क्यालिब्रेसन उडान हुँदैछ ।

विमानस्थलका अनुसार रन–वेको अन्तिम भागतर्फ हालसालै लोकलाइजर (आईएलएसको एक पक्ष) जोडिएको छ ।

सोही उपकरणको परीक्षणका लागि एरो थाइले क्यालिब्रेसन उडान गर्न लागेको हो । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार लोकलाइजर जडानपछि विमानस्थलमा अवतरण सहज हुनेछ । क्यालिब्रेसनका कारण बिहीबार उडानहरु प्रभावित हुन सक्ने उनले बताए ।

बुद्ध एयरका अनुसार बिहान ९ बजेदेखि ५ बजेसम्म हुने हुँदा उडानहरु प्रभावित हुने अवस्था छ ।