काठमाडौँ – सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।
कार्कीले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतान्तरले पराजित गरेका हुन् ।
कार्कीले ३० हजार ४ सय ८३ मत ल्याएर निर्वाचित भएका हो । एमाले उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।
कार्की २०७४ सालमा पनि यहि निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।
प्रतिक्रिया