सुनसरी-सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै उनी निर्वाचित भएकी हुन् ।उनले ४० हजार ७८८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गच्छदारले ३५ हजार ६०० मत पाएका थिए ।
यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् ।गच्छदार २०४८ यताका सबै संसदीय निर्वाचनमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका आएका थिए।
प्रतिक्रिया