काठमाडौँ – सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
न्याय नपाएको भन्दै रंग फालेर प्रदर्शन गर्ने बिनु यादव र ज्यास्मिन ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो । श्रीमानबाट आफूमाथि भएको हिंसामा न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ ।
बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्याको प्रयास गरेको जनाइएको छ ।पतिविरुद्ध बिनुले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
बिनुसँगै सर्वोच्च पुगेकी ओझा अधिकारकर्मी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया