काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पदमा दावी गर्दै आउनुभएका वरिष्ठ नेता पौडेल आज सोमबार बिहान समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनकै निवासमा पुगेका हो । सोही भेटवार्ता भएको कुराकानीमा नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दावीलाई स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
अध्यक्ष नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा जोड समेत दिएको उनले बताएका छन् । कांग्रेसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, शेखर कोइराला र प्रकाशमान सिंह लगायतले प्रधानमन्त्री हुने दावी गर्दै आएका छन् ।
प्रतिक्रिया