देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक ३२.४३ अंकले वृद्धि

देशान्तर

काठमाडौँ – साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

आईतवार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक बढेको छ ।

आईतवार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता शेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा आईतवार २ अर्ब माथि भएको हो । नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ ।

वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ । आईतवार नेप्सेसँगै डिप्रोक्स लघुवित्तको शेयरमूल्य ८.२१ प्रतिशत बढेको छ । त्यस्तै,जीवन विकास लघुवित्तको शेयरमूल्य करिव साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंक शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।

आईतवार हिमालयन डिष्टिलरीकम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।