देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एउटा यस्तो मतदान


गुरु जाडोमा घाम ताप्छन् । घाम त सबै ताप्छन् तर गुरुको घामसँग जाडोमा अन्य उनका दौंतरीभन्दा बढी नै मोह छ । गुरुको हरेक काममा रहस्य हुन्छ, त्यसकारण मैले सोधें एकदिन गुरु हो, जागिर यसको रहस्य ? गुरुले भने उहिले उहिले जागिर खान सोर्स लगाउन जाँदा सोर्सवाल मानिसले कुहिरोमा धेरै कुराउँथ्यो, हामी कुहिरोको चिसो झेल्दै त्यो मानिसको वेट गर्दथ्यौं । त्यो ठूलो मानिस घाम नलागी उठ्दैनथ्यो । बार्दलीमा घाट नतापी ओर्लंदैन थियो । यसले गर्दा हामीले ठूलो मानिसभन्दा घाट कुर्नु पर्दथ्यो घाम आधा घण्टा पनि ताप्न पाउँदथ्यो । ठूलो मानिसकहाँ गएर नोकरी पाए पनि नपाए पनि घाम ताप्न पाउँदथ्यौं । त्यसकारण हामी नजानिँदो गरी मानिस वा नोकरीभन्दा घाम कुर्दथ्यौं हामीमा चलेको थियो, नोकरी त के हो के हो घाम भने यो हो । यसरी हामीलाई लाग्दथ्यो हामी सूर्य भगवान्को भक्ति गर्दथ्यौं । त्यसकारण मेरो घाम ताप्ने बानी मेरो पर्‍यो । यसको रहस्य यही हो बाबु यति हो । ल, सुन्तला खाउ, भिटामिन सी प्राप्त हुन्छ ।

मैले भने, होइन गुरु म त आज तपाईंबाट चुनाव–चर्चा गर्न आएको हुँ । चुनाव चुट्किलाहरू सुनाउँदा, चुनाव र नेताका कुरा दुनियाँमै चलेका छन् । त्यसकारण तिमी यी चुट्किलाहरूलाई अन्तर्राष्ट्रिय भन्ठान । यी यहाँका पनि हुन सक्छन् । अन्तका पनि हुन सक्छन् । राणा पञ्चायत वा यस कालका पनि हुन सक्छन् । तर, यी सबै किंवदन्ती हुन्, काल्पनिक हुन्, त्यसकारण, मिले संयोग मात्र मानिनेछ । भन्ने तिमीलाई बताउन चाहन्छु, ल सुन बाबुः
एउटा प्रतिनिधिले जित्यो । धन्यवाद ज्ञापन गर्‍यो जनताले भने सर पानी खान पाइएन । प्रतिनिधिले भन्यो, यो हेर्नुस्, पाइपहरूको सञ्जाल । साराको क्षेत्रभरि पाइपैपाइप छ । यहाँ पहिले यति पनि थिएन, अब पाइप त छ । पाइप हुनु पनि एउटा विकासकै लक्षण हो, तपाईंहरू सबलाई देखाउन सक्नु हुन्छ, यी हेर हामीकहाँ पाइप युगमा आइसक्यौं मेरा मतदाताहरू यसपालिको जितका कारण मैले पाइप ल्याइदिएँ । अब अर्काे पाँचवर्षपछिको चुनावमा अर्थात् अब पाँच वर्षपछि यही पाइपमा पानी आउने व्यवस्था पनि गरिदिउँला धन्यवाद ।

एउटा नेता चुनाव जित्दाजित्दा वृद्ध भएको थियो । ऊ दिनदिनै पेट बढ्दै जानाले प्रसन्न थियो । प्रसन्न यसकारण थियो कि मेरो पेट विशालता कायम गर्नतिर अग्रसर छ । उसका अनेक चेला थिए, तिनका पनि पेट त ठूलै थिए, तर यो नेताजति होइन । उसका चेतना अझै अभ्यासरत नै थिए । तैपनि लगभग लाखलाख हजम गर्न त सिपालु थिए । एकदिन चेलाहरू गुरुकहाँ आए, हजुर हामी त सल्लाह लिन आएका के सल्लाह ? नेताले सोध्यो । तिनले भने हाम्रो पेट त करोडसम्म पुग्नै सकेन, लाखमै अड्कियो के गर्ने ? नेताले भन्यो । धैर्य धारण गर बाबु हो, तिमीहरूको पनि त्यो तागत आउनेछ । ल यो पाचक लिएर जाउ । तिमीहरूको जठराग्नी प्रज्वलित हुनेछ । ६महिलापछि ती आए । नेताले सोध्यो के भयो ? एउटा भन्यो सर म त मोटरसाइकल पचाउँछु । अर्काले भन्यो म कलकारखाना खान सक्छु, अर्काेले भन्यो म त १०–२९ रोपनी खेत पचाउन सक्छु । त्यसैगरी भनेपछि अन्त्यमा चेलाले सोधे सर हजुरको के होला ? नेताले भन्यो ‘बाबु मत अहिले आराम गर्दैछु । मैले त दुई पटक बजेट खाएको छु, पच्न समय लाग्छ । त्यसकारण मलाई आराम गर्न देऊ ।

एउटा नेताले खुब जित्यो, खुब सेवा गर्‍यो परिवारको । परिवार प्लेनको मालिक बनेर बसेको छ । कारहरू अनेक प्राप्त भए जग्गाजमिन, सेयर कति भए कति । एउटा पुरानो अर्थात् हवाईजहाज नचल्ने पुरानो हवाइमार्ग लिने कागजपत्र तयार हुँदै थियो । अचानक एउटा संकट आइपर्‍यो । वृद्ध बिरामी पर्‍यो । औषधिले काम गरेन अपरेसनले काम गरेन । अपरेसन पछि पनि असर भएन वृद्ध अन्तिम साथ फेर्ने समयमा आयो ऊ स्वाँ–स्वाँ गर्दै छोरा नातिलाई सम्पूर्ण कागजपत्र लेनदेनबारे बताउन थाल्यो । सन्तान बाबुको जोरजामबाट प्रभावित भए । यस्तो बाबु जान लाग्यो, नत्र अझ के के गरिदिँदो हो । एउटा छोरो हृदयदेखि नै रुन थाल्यो । यति कंकला शब्द गरेर किन रोइ के पुगेन ? भावुक लागेको दुःखले पनि हो बुढोले झोक्किएर भन्यो, कति नपुगेको ? अब के जान्छन् मैसित त्यहाँ स्वर्गको सिंहासक बुक गराइदिन्छु, अझ रुन्छस् ?

एउटा कुनै कतैको सदनमा बहस चलिरहेको थियो । यो बहसले मन्त्रीलाई र्‍याखर्‍याख पार्न खोजिरहेको थियो । मन्त्री काम नगर्ने मानिसको थियो । जनता, प्रतिभाशाली छ, काम गरिहाल्छकि भन्ने आसमा मन्त्री बनाउँथे । एक पटक मन्त्रीलाई विदेश हवाईजहाजको यात्रा गर्न हिँड्यो । सदनलाई जानकारी दियो, म लामो विदेश यात्रामा जाँदैछु । त्यहाँ चिन्तनमनन गरेर अनुभव बटुलेर आउँछु अनि तपाईंहरूका सारा गुनासा सुन्नेछु र काम पनि गर्नेछु । कसैले सोध्यो । विदेश यात्रामा को को जान्छ ? मन्त्रीले भन्यो मेरा प्रिय हाकिमहरू जनताका अनन्य सेवक । ती पनि विदेश गएर राष्ट्रसेवा गर्ने नयाँनयाँ टेक्निक सिकेर आउनेछन् । यी सबबाट अन्त्यमा भलो त जनताकै हुनेछ ।

यति आश्वासन बाँडेर मन्त्री उड्यो हवाईजहाजमा बसेर मन्त्रीसँग दंग थियो । ठट्टा चल्न थाल्यो ।एक सेवकले निवेदन गर्‍यो, मन्त्रीज्यू, हजुर नभएको भए हामी हुँदैन थियौं । मन्त्रीले भन्यो, तिम्रा पिता नि ? सबै हाँस्न थाले । सेवक लज्जित भएन, भन्यो । पिता पिता । हजुर हाम्रा लागि द्वापर युगका नन्दजस्तै हो । सबै सेवकले समर्थन गरे । परिचारिकाले सोधिन् एनी थिङ यु वान्ट सर ? मन्त्रीले विदेशी परिचारिकालाई भन्यो येस एनी थिङ वन लार्ज विथ सोडा एन्ड आइस । परिचारिका मुस्कुराउँदै गई । मन्त्रीको अंग्रेजी बोलाइबाट प्रभावित भएका सेवकले भने, हजुर त विदेशमा जन्मनु पर्ने । मन्त्रीले भन्यो, विदेशमा नजन्मे पनि मन्त्री त त्यस्तै छु नि त हाँसखेल चल्दै थियो अचानक अनाउन्स भयो हवाईजहाजमा अचानक अनिवरणीय खराबी आयो ।

अब यो प्लेन खस्छ । ज्यान बचाउन एउटा मात्र छाता छ । तपाईंहरू सात जना हुनुहुन्छ । अब निर्णय गर्नुस्, छाता लिएर को जान्छ । हल्लीखल्ली मच्चियो । अब त को सेवक, को मालिक सब एकअर्काको कठालो समातेर म जान्छु भन्न थाले । अन्त्यमा निर्णय भयो । यसरी कोही जान पाउँदैन, हामी यहीँ एउटा गोप्य मतदान गरौं गोला हालेर जसले जित्छ छाता त्यसैले पाउँछ । भाग्यमाथि छाडिदिउँ । सबैले मञ्जुर गरे । सातैजनाले एक एक गरे आ–आफ्नो मत एक कन्तुरमा हाले । छाता आयो ।हवाईजहाजको पाइलटले मत गन्यो । अन्त्यमा परिणाम सुनायो २० भोटले मन्त्री विजयी घोषित भए ।