देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शंशाक काेइराला भन्छन्, ‘प्रधानमन्त्रीमा मेराे पनि दावी रहन्छ’

देशान्तर

नवलपरासी – नेपाली कांग्रेस नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दावी गर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि विजय भएपछि कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले यो पटक प्रधानमन्त्रीको दावी गर्ने धेरै देखिएको र आफ्नो पनि दाबी रहने बताए।युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको पनि उनले बताए ।

‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ’ उनले भने ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ ।’

 पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट काेइराला लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।