देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४ हजारभन्दा बढी मत अन्तरले पछि परे सागर ढकाल

देशान्तर

डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् ।

प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र ढकालबीचको मत अन्तर ४ हजार ५८० छ । नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।