देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डडेल्धुरामा आज दिउँसो १ बजेदेखि मतगणना सुरु हुने

देशान्तर

डडेल्धुरा – डडेल्धुरामा आइतबार सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भएको मतदानको सबै मतपेटिकाहरु मतगणना स्थलमा आइपुगेको छ ।

डडेल्धुरामा सोमबार दिउँसो १ बजेदेखि मतगणना कार्य सुरु हुने भएको हो । जिल्लाका १ सय १ मतदान स्थलका १ सय ४१ मतदान केन्द्रका मतपेटिकाहरु मध्ये परशुराम नगरपालिकाभित्रका २९ मतदान केन्द्रका मतपेटिकाहरु संकलन गर्ने क्रममा कच्ची बाटोका कारण सुरक्षाकर्मीको गाडी बिग्रिएपछि अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

भौगोलिक कठिनाई भएको परशुराम नगरपालिकाको वडा नम्बर २ र ३ का दुर्गम बस्तीको दुर्गम मतदान केन्द्रबाट नगरपालिका केन्द्र जोगबुढामा ल्याउन समस्या भएका कारण आज सोमबार बिहान मात्र जिल्ला सदरमुकाममा ल्याउने काम भएको कार्यालयले जनाएको छ । मतपेटिका पुगेपछि सर्वदलीय र उम्मेदवारबीचको बैठक पश्चात मतगणना थालिने पनि मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

डडेल्धुरामा आइतबार सम्पन्न निर्वाचनमा ९१ हजार २ सय १ मतदाता मध्ये ५१ हजार ६ सय ६० अर्थात ५६ दशमलब ६४ प्रतिशत मात्र मतदान भएको छ ।