देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल टेलिकमद्वारा गु्रप एसएमएस सुविधा उपलब्ध

देशान्तर

काठमाडौँ – नेपाल टेलिकमद्वारा गु्रप एसएमएस सुविधा उपलब्ध भएको छ ।

नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश ( गु्रप एसएमएस) सेवा प्रभावकारी बनेको हो । यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।

उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत एक हजार,९करबाहेक० मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ ।

यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा पच्चिस सय,(करबाहेक) मा ५ दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । यसका साथै दश हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा पाँच हजार,०करबाहेक) मा १० दिन (दश दिन) भित्रमा जम्मा १०,००० हजार वटा सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि httpsM//groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याकमा भएका नम्बरहरु एक्सल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।