देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ फाइनलमा

देशान्तर

काठमाडौँ – भाग्यमानी बन्दै अन्तिम चारमा स्थान बनाएको मधेस प्रदेशलाई स्तब्ध बनाउँदै विभागीय टोली एपिएफ क्लव काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीवार सम्पन्न खेलमा एपिएफले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय २३ रनको लक्ष्य एपिएफले २१।३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । एपिएफको जितमा लोकेश बमले अविजित ३५ रनको पारी खेले ।

ओपनर प्रदीप ऐरीले ३३ रन जोड्दा आसिफ सेखले २५ रन बनाउँदै एपिएफलाई सुखद्शु रुवात गराएको थियो । सुमित महर्जनले १३ रन बनाउँदा सन्दीप जोरा ६ रनमा अविजित रहे । मधेसका रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेसले ३१ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । मधेसका लागि रुपेश सिंहले सर्वाधिक ३५ रन जोडे । सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए ।

अनिल साहले १३, आदील आलमले ११ र राजेश यादवले १० रन बनाए । मधेसको इनिङलाई सस्तैमा रोक्ने क्रममा एपिएफका कमल ऐरीले ४ विकेट लिए । भुवन कार्की र मौषम ढकालले समान २/२ विकेट लिए । फाइनल प्रवेश गरेको एपिएफले अब उपाधिका लागि नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवबीचको विजेतासँग खेल्नेछ । पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल शुक्रवार हुनेछ ।

फाइनल खेल शनिवार हुने तालिका रहेको छ ।