देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

११.११ अभियानका लागि हिमालयन बैंक र दराजबीच सम्झौता

देशान्तर

काठमाडौँ – हिमालयन बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

यो योजना कर्तिक २५ गते तदनुसार नोभेम्बर ११ गतेका दिन लागु हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक श्री विजय मान नकमी र र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम रु. २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २०% वा अधिकतम रु. ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई-कमर्शको लागि सक्रिय गर्नु पर्र्र्नेछ ।

ग्राहकहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट आफैलेनै आफ्नो कार्डमा ई-कमर्श सक्रिय गर्ने सुविधा प्रदान गरेको छ । यी पूर्वभुक्तानी छुटहरु सिमित र छुटमा केहि शर्तहरु लागु हुने भएकोले दराजको ११.११ अभियान अन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशिघ्र कार्डबाट पूर्बभुक्तानी गरि समानहरु खरिद गर्नु पर्नेछ ।