काठमाडौँ – प्रदेश-१ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ ९१० को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार बिहान मृत्यु भएको छ ।
थापाको नोबल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उनलाई निमोनियासमेत भएको थियो ।
उनको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभाको निर्वाचनका लागि नयाँ प्रक्रिया हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए।
थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनेका थिए । थापाका श्रीमती, एक छोरी र एक छोरा छन् ।
प्रतिक्रिया