देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुलिस क्लबले मधेसलाई जीतका लागि दुई सय ७४ रनको लक्ष्य दियो

देशान्तर

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई जीतका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर एक बलमा अलआउट हुँदै दुई सय ७३ रन बनायो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।

आरिफले ७३ रन बनाए भने अमित श्रेष्ठले ६५ रनको योगदान दिए । यस्तै दीपेन्द्रले ५१ जोडए । दिलीप नाथले ४० रन जोड्दा सुनिल धमला ११ रनमा आउट भए । मधेसका रुपेश सिंह र राजेश यादवले समान तीन/ तीन विकेट लिए भने आदिल आलमले दुई विकेट लिए ।