देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४३ अङ्कले बढेको शेयर बजारमा हरियाली

देशान्तर

काठमाडौँ – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ४३ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय २८ वटा कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ५४ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेस्डो लघुवित्त कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेस्डो लघुवित्त र उपकार लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

नबिल इक्युटी फन्ड र आरबीबी म्युचल फन्डको शेयर झण्डै साढे २ प्रतिशतले घटेको छ ।