काठमाडौँ – महा लक्ष्मी विकास बैंक लिमिटेडे र हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज साथै शुभ श्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै विगत २८वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्र सँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभ श्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेका हो ।
हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राजकार्कीले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी शुभ श्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौतापत्रमा कलेजका तर्फ बाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंककातर्फ बाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हो ।
उक्त सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि विभिन्न कार्यक्रमहरु प्रदान गर्ने छ । यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युग सँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
प्रतिक्रिया